आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआईसी एसिया बैंकमा कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम

बुधबार, ०२ जेठ २०८१, २१ : ३५
बुधबार, ०२ जेठ २०८१

काठमाडौँ । एनआईसी एसिया बैंकले सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको छ । यस सहुलियत पश्चात् यसभन्दा अगाडि ३ प्रतिशत भन्दा बढी प्रिमियम भएका ग्राहकहरूको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरिएको छ । 

जसअनुसार बैंकको मंसिर महिनाको औसत आधार दर १०.७ प्रतिशत रहेकोमा त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको छ । बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्ड बाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरू जस्तै घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, शेयर कर्जा लगायत सम्पूर्ण कर्जाहरूमा लागू हुने व्यवस्था गरिएको छ । 

आर्थिक गतिविधि सङ्कुचन भइरहेको यस समयमा ग्राहकहरूमा परेको आर्थिक भारलाई कम गर्ने र कर्जा भुक्तानीमा सहज हुने बैंकले विश्वास लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप