आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गजल : भविष्यको खोजीमा सिमाना पार

मङ्गलबार, ०८ जेठ २०८१, १० : ०६
मङ्गलबार, ०८ जेठ २०८१

भविष्यको खोजीमा सिमाना पार हुन सक्छ ।
समय परिस्थितिमा अल्झेर लाचार हुन सक्छ ।

उसले देश चिन्छ, देशले उसलाई चिन्दैन
चिन्नेले स्वागत गर्न हतार हुन सक्छ ।

फूल खोजी खोजी रस जम्मा गर्ने
अति मेहनती माउरीको घार हुन सक्छ ।

दुरुपयोग गर्नेलाई करेन्टको ज्यानमारा झट्का होला ।
सदुपयोग गर्नेलाई बत्ति बाल्ने तार हुन सक्छ ।

मानव जातिको साझा भूमिमा रोकतोक किन रु
संसार अन्वेषण गर्ने सपनाको हार हुन सक्छ १

उन्नत समाजको परिकल्पनामा उच्चतम प्रविधि जान्न
विश्वभर अध्यनरत युवाहरूको चित्कार हुन सक्छ ।

कागजमा विदेशी होला मन त नेपाली नै हुन्छ
पर्यटक भएर पनि देश फर्कने विचार हुन सक्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदन लुइटेल
सुदन लुइटेल
लेखकबाट थप