आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हिमालयन डिस्टिलरीले घोषणा गर्‍यो लाभांश

शुक्रबार, ०४ जेठ २०८१, १० : ३९
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । हिमालयन डिस्टिलरीले लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

यससँगै, आर्थिक वर्ष २०७०/८० को नाफाबाट लगानीकर्तालाई कूल २५ प्रतिशत लाभांश दिने छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारी अनुसार चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्ने छ । यसका लागि पुस २५ गते साधारण सभा आह्वान गरेको छ । साधारण सभाका लागि भनेर कम्पनीले पुस १३ गतेका लागि ‘बुक क्लोज’ घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप