आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सगरमाथा इन्जिनियरिङ कलेजले दुर्गम र भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई २ लाख बढीको छात्रवृत्ति दिने

शुक्रबार, ०४ जेठ २०८१, १३ : १०
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । सगरमाथा इन्जिनियरिङ कलेजले भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई स्नातक तहमा सिभिल इन्जिनियरिङ अध्ययनको लागि २ लाख ११ हजार सम्मको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

त्यसैगरी उक्त छात्रवृत्ति सरकारले तोकेको दुर्गम जिल्ला,  सरकारी विद्यालयमा अध्ययन गरेका र प्लस टुमा  ‘ग्रेड ए’ माथि नतिजा प्राप्त गरेका विद्यार्थीहरूको हकमा पनि छात्रवृत्ति दिने कलेज प्रशासनले बताएको छ । 

दुर्गम र  भूकम्पका कारण अफ्ठेरो अवस्थामा रहेका जाजरकोट र रुकुम पश्चिम जिल्लाका विद्यार्थीहरूलाई इन्जिनियरिङ अध्ययनको लागि सहज होस् भन्ने उद्देश्यले उक्त छात्रवृत्ति दिन लागिएको सगरमाथा कलेजका प्रिन्सिपल ई.रमेश श्रेष्ठको भनाइ छ । 

त्यस्तै कलेजमा सञ्चालित सबै सङ्कायमा भर्ना हुने सबै छात्राहरूलाई अतिरिक्त रु.३० हजार बराबरको छात्रवृत्तिको व्यवस्था गरिएको छ । 

सानेपास्थित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सगरमाथा इन्जिनियरिङ कलेजमा हाल तीन विषय बीई सिभिल, बीई इलेक्ट्रोनिक्स कम्युनिकेसन इन्फर्मेटिभ इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ अध्यापन गराउँदै आएको छ ।

यसैगरी, आइटी कोर्सहरूमा बीई सीएसआईटी र बीसीएस पनि सञ्चालनमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप