आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फवाद खानले आलिया भट्टलाई किस गर्न नमानेपछि...

शुक्रबार, ०४ जेठ २०८१, १४ : १२
शुक्रबार, ०४ जेठ २०८१

नयाँ दिल्ली । फवाद खान पाकिस्तानका ह्यान्सम हिरो हुन् । फवादले केही भारतीय फिल्ममा काम समेत गरेका छन् । सन् २००७ मा पाकिस्तानी फिल्म ‘खुदाके लिए’बाट डेब्यू गरेका फवादले सन् २०१४ मा बलिउडमा कदम राखेका थिए । सोनम कपुरसँग खुबसुरतमा यिनले काम गरे । केही वर्ष पछि आलिया भट्टसँग पनि कपुर एन्ड सन्समा देखिएका थिए ।

तर के तपाईँलाई थाहा छ ? फवादले आलिया र सोनमलाई अनस्क्रिन किस दिन मानेका थिएनन् । एउटा अन्तरवार्ताको क्रममा फवादलाई किसिङ सिन दिन उनले किन अस्वीकार गरेका थिए भनेर प्रश्न सोधिएको थियो । यसको जवाफमा फवादले भनेका थिए, ‘जो मलाई मन पराउँछन् उनीहरुको भावनाको इज्जत गर्नु पर्छ भन्ने मलाई लाग्छ । मेरा अधिकांश अडियन्सहरुलाई मैले यस्तो गरेको मन पर्दैनथ्यो, अनि मैले आफ्नो अडियन्स गुमाउन पनि सक्थे ।’

फवाद खानसँगको किसिङ सिनबारे आलिया भट्टसँग पनि सोधिएको थियो । कपुर एन्ड सन्समा आलिया र फवादको एउटा किसिङ सिन हो । सिन सुट हुने बेलामा फवाद कम्फर्टेबल थिएनन् । फवादलाई सहज महसुस गराउन हरेक पटक आलिया फवादकोे अनुहारको नजिक जान्थिन् अनि किस नै नगरीकन टाढिन्थिन् या निर्देशकले कट भनिदिन्थे । फवादका पाकिस्तानी दर्शकका लागि किसिङ सिन अफेन्सिभ थियो । यो कुरा आलियाले पनि राम्रोसँग बुझेकी थिइन् ।

पाकिस्तानी टेलिफिल्ममा फवाद चर्चित नाम हुन् । हमसफर, दास्तान र जिन्दगी गुलजार है फवादका केही चर्चित टेलिफिल्म हुन् । पछिल्लो समय यिनी फिल्ममा बढी सक्रिय छन् । आलियाको हातमा पनि यतिबेला कयौं फिल्म छन् । यति बेला हिरामन्डीको शुटिङमा आलियया व्यस्त छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप