आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गसिपिङ क्वीन हुन् सुहाना खान, अट्दैन पेटमा कुरा

शुक्रबार, ०४ जेठ २०८१, १४ : २८
शुक्रबार, ०४ जेठ २०८१

नयाँ दिल्ली । द आर्चिजबाट कयौँ स्टार किड्ज आफ्नो एक्टिङ डेब्यु गर्दैछन् । यसमा एक हुन् अमिताभ बच्चनका नाति अगस्त्य नंदा । 

अगस्त्यको डेब्यूलाई लिएर यति बेला पूरै बच्चन परिवार उत्साहित छ । सामाजिक सञ्जालमा आफ्नो पोष्टमार्फत अगस्त्यले आफ्ना फ्यानहरुलाई फिल्मबारे कयौँ जानकारी दिइरहेका छन् । हालै भने उनले शाहरुख खानकी छोरी सुहाना खानबारे एउटा खुलासा गरेका थिए ।

द आर्चिज अगस्त्य नन्दा र सुहाना खानको साथमा अभिनेत्री श्रीदेवी र फिल्म मेकर बोनी कपुरकी कान्छी छोरी खुसी कपुरको पनि डेब्यु फिल्म हो । यति बेला बलिउडमा द आर्चिज र यसका स्टारकाष्टबारे व्यापक चर्चा भइरहेको छ । 

हालैमात्र अगस्त्य र सुहानाको एउटा भिडियो भाइरल बनेको थियो । भिडियोमा अगस्त्यले सुहानालाई ‘तिमीलाई मैले लामो समयदेखि चिनेको छु । म प्रमाणित गर्न सक्छु कि तिमी सबैभन्दा कम हँसिमजाक गर्छौ ।’

अगस्त्यको यो अभिव्यक्तिप्रति सुहाना भन्छिन्, ‘हो, तर हँसिमजाक गर्ने र अरुको खिल्ली उडाउनु दुबैमा धेरै नै फरक छ, ।’ भिडियोमा अगस्त्यले सुहाना गसिपिङ क्वीन हो भनेर भनेको सुनिन्छ । सुहानालाई कुनै पनि सिक्रेट भन्नै सकिन्न । किनकि उसको पेटमा केही कुरै अट्दैन । अगस्त्यको यो कुरा सुनेर सबै जना हाँस्न थाल्छन् । 

द आर्चिजमा मिहिर अहुजा, वेदांग रैन पनि छन् । शाहरुख खान  आफ्नो छोरीको डेब्युलाई लिएर निकै उत्साहित छन् । आगामी वर्ष सुहानाले शाहरुखसँग ठूलो पर्दामा डेब्यु गर्दैछिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप