आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सम्पादकहरुसँग छलफल

अर्थतन्त्र सुधारका लागि सरकार ‘फाइनल टच’को तयारीमा

शुक्रबार, ०४ जेठ २०८१, १६ : २४
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि सरकार ‘फाइनल टच’ को तयारीमा रहेको बताएका छन् । सोमबार विभिन्न मिडियाका सम्पादकहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले देशमा विद्यमान विभिन्न समस्या सुधारका काम गरिरहेको दाबी गरे ।

उनले वित्तीय संकट सामना गर्न सरोकारवालासँग छलफल गरिएको र केही निष्कर्ष निकालिएको जानकारीसमेत दिए ।

pp2

अर्थतन्त्रका कारण सरकार संकटमा नरहेको तर व्यवहारमा केही समस्या देखिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । व्यापार व्यवसायको स्थिति खराब रहेको, सटरहरु बन्द हुँदै गएको अवस्थालाई अन्त्य गर्नका लागि सरकारले चाँडै विशेष कदम चाल्ने उनले प्रस्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप