आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

एकीकृत समाजवादीले राष्ट्रियसभा निर्वाचनमा भाग लिन दल दर्ता गर्ने

शुक्रबार, ०४ जेठ २०८१, १७ : ४६
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिन दल दर्ता गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकमा विविध विषयमा छलफल भएपनि निर्णय दल दर्ता गर्ने निर्णय मात्रै गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘एकीकृत समाजवादीको सचिवालय बैठकले राष्ट्रियसभाको निर्वाचनमा सहभागीका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । बाँकी विषयमा भोलि बस्ने बैठकले निर्णय गर्नेछ’, खतिवडाको भनाइ छ ।  नेता खतिवडाले महाधिवेशनबारे मंगलबार बस्ने बैठकले निर्णय गर्ने बताए ।

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मंसिर २४ देखि २८ गतेसम्म दल दर्ताका लागि समय दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप