आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पशुपन्छी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

शनिबार, २३ मङ्सिर २०८०, १९ : ०९
शनिबार, २३ मङ्सिर २०८०

काठमाडौँ । प्रहरीले झापाबाट पशुपन्छी सम्बन्धी कसुरमा संलग्न १ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ घर भएका ३० वर्षीय बिरु भन्ने बिर बहादुर दनुवार छन् । 

अभियुक्तलाई सोमबार जिप्रका झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले पक्राउ गरेको झापाका डिएसपी ढुण्डिराज गिरीले रातोपाटीलाई बताए । बिर बहादुर दनुवारलाई झापा जिल्ला अदालतले २०७९ चैत २९ मा १ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । 

पक्राउपछि अभियुक्तलाई जिल्ला अदालत झापाको आदेशले कारागार चलान गरिएको डिएसपी गिरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप