आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लेखनाथमा पुस ५ देखि महोत्सव, ९ करोडको कारोबार हुने अनुमान

आइतबार, २४ मङ्सिर २०८०, ०७ : ४५
आइतबार, २४ मङ्सिर २०८०

पोखरा । पोखरा महानगरपालिकाको लेखनाथमा पुस ५ गतेदेखि महोत्सव हुँदै छ । १६ गतेसम्म चल्ने १९ औं संस्करणको महोत्सवको आयोजना लेखनाथ उद्योग वाणिज्य संघले गरेको हो ।
२०५८ सालमा सुन्तला प्रदर्शनी गरेर सुरु भएको महोत्सव अहिले वृहत भैसकेको छ । २०६१ सालदेखि लेखनाथ महोत्सवको रुपमा मनाउन थालिएको संघ अध्यक्ष विनोद श्रेष्ठले बताए ।

विभिन्न जातजाति भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको उनको भनाई छ । लेखनाथ र आसपासमा उत्पादित वस्तुहरुको बजारीकरण, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रदर्शनी एवं बिक्रीमा संघले जोड दिएको श्रेष्ठको भनाइ छ ।

महोत्सवमा ३ सय ३५ वटा स्टल रहनेछन् भने २ लाख ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य छ । मेला अवधिभर ९ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । यसबाट ९० लाख रुपैयाँ आम्दानी गरेर १० लाख बचाउने महासचिव जानुका पराजुलीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप