आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै

आइतबार, २४ मङ्सिर २०८०, ०८ : ४४
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै छ। सचिवालय बैठक मंगलबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने  प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । 

सोमबारबाट सुरू भएको बैठकमा महाधिवेशन सार्न प्रस्ताव गरिएको छ । यसअघि माघ १४ गतेबाट महाधिवेशन सुरू गर्ने निर्णय गरेको थियो।

हिजोबाट सुरू भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस  र मदन–आश्रित स्मृति दिवस जेठ ३ गते महाधिवेशन गर्ने गरी नयाँ मिति प्रस्ताव भएको छ । 

‘महाधिवेशन सार्न प्रस्ताव आएको छ। आज बस्ने बैठकले त्यसबारे निर्णय गर्छ,’ खडिवडाले भने। यसका अतिरिक्त राष्ट्रिय सभाको निर्वाचन र ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे पनि छलफल गर्ने कार्यसूची रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप