आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

भारतीय विदेश मन्त्री एस जयशंकर जनवरीको पहिलो साता नेपाल आउँदै

आइतबार, २४ मङ्सिर २०८०, ११ : २४
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल–भारत विदेश मन्त्रीस्तरीय संयुक्त बैठकका लागि उनी नेपाल आउन लागेका हुन् । 

उनको भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास जुटिसकेका छन् । संयुक्त बैठकमा के-के एजेण्डामा छलफल हुने त्यसको बारेमा तयारी सुरु भएको छ ।

परराष्ट्र मन्त्रालयले जनवरीको पहिलो साता उनी नेपाल आइपुग्ने भए पनि हालसम्म मिति भने तय नभएको बताएको छ । सम्पूर्ण तयारी पुरा भएपछि मिति तय हुने मन्त्रालय स्रोतले जनाएको छ ।

भ्रमणको क्रममा जलविद्युत, सीमा सुरक्षा, उद्योग व्यपारलगायतका विषयमा छलफल हुने बताइएको छ । भारतले नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने निर्णय गरिसकेको छ । त्यस विषयमा पनि सम्झौता हुने भनिएको छ ।

यसअघिको मन्त्रीस्तरीय संयुक्त बैठक प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री रहेको बेला २०७७ माघमा दिल्लीमा बसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप