आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कीर्तिमानी रकममा प्रिमियर लिगको घरेलु टेलिभिजन अधिकार बिक्री

आइतबार, ०२ असार २०८१, ११ : ५६
आइतबार, ०२ असार २०८१

काठमाडौँ । प्रिमियर लिगले स्काई र टीएनटीसँग प्रति सिजन २७० वटा खेल प्रत्यक्ष प्रसारण गर्न कीर्तिमानी ६।७ अर्ब पाउन्ड बराबरको सम्झौता गरेको छ । सन् २०२५–२६ सिजनदेखि चार वर्षसम्म लागू हुने यो सम्झौता बेलायतको इतिहासमा सबैभन्दा ठुलो स्पोर्टस् मिडिया अधिकार भएको बताइएको हो ।

स्काईलाई पाँचमध्ये चारवटा प्याकेज प्रदान गरिएको छ जसमा कम्तीमा प्रति सिजन २ सय १५ वटा  खेलहरू प्रसारण गरिनेछ । यसमा शनिबारको स्थानीय समयमा अनुसार साँझ ५ः३० बजे, शनिबार २ बजे र साढे ४ बजेको खेल तथा सोमबार र शुक्रबारका खेलहरू र हप्ताको बिचमा खेलिने तीन राउन्डका खेलहरू प्रसारण गरिनेछ ।

टीएनटीले एक सिजनमा कम्तीमा ५२ वटा खेलहरू प्रसारण गर्नेछ । जसमा शनिबारका १२ः३० का खेलहरूमा र हप्ताको मध्यका दुई राउन्ड खेलहरू प्रसारण गर्नेछ । स्काई स्पोर्टले अन्तिम दिनका सबै खेलहरू पनि प्रसारण गर्नेछ । हालको सम्झौता अनुसार प्रति सिजन २० खेलहरू प्रसारण गर्ने एमाजनले नयाँ सम्झौतामा अधिकार सुनिश्चित गरेको छैन ।
 
सन् २०१८ यता प्रिमियर लिगमा पहिलोपटक टेन्डरको माध्यमबाट टेलिभिजनको अधिकार बिक्री गरिएको हो । हाल ५ अर्ब पाउन्डमा टेलिभिजनको अधिकार बिक्री गरिएको छ । यो सन् २०२४–२५ सिजनमा यो सकिँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप