आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चन्द्रागिरि हिल्स लिमिटेडको निमित्त महाप्रबन्धकको जिम्मेवारी तण्डुकारलाई

बुधबार, ३० जेठ २०८१, १२ : १३
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । आईइमई ग्रुप अन्तर्गतको चन्द्रागिरि हिल्स लिमिटेडको निमित्त महाप्रबन्धकमा श्याम तण्डुकार नियुक्त भएका छन् । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले तण्डुकारलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि तण्डुकार कम्पनीको एक्जुकेटीभ म्यानेजर थिए । 

यसअघिका महाप्रबन्धक सञ्जीव थापाले पदबाट राजीनामा दिएसँगै कम्पनीले उनको राजीनामा स्वीकृत गर्दै तण्डुकारलाई निमित्तको जिम्मेवारी दिएको हो ।

सो जानकारी कम्पनीले मंगबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई जानकारी दिएको छ । 

chandragri  hills

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप