आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मिचौङ चक्रवातले नेपालमा कस्तो मौसमी प्रभाव पार्छ ?

बुधबार, ३० जेठ २०८१, १२ : ४६
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । बंगालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिचौङ नामको चक्रवातका कारण नेपालमा समेत मौसमी प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र लुम्बिनी प्रदेशसँगै देशको पहाडी भू–भागमा आंशिक बदली रही मौसम सामान्यता सफा रहने छ । 

कोशी, बागमती र गण्डकी प्रदेशकै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जानकारी महाशाखाका मौसम विज्ञ रोजन लामिछानेले दिए । उनका अनुसार यी प्रदेशका उच्च पहाडी भू–भागमा हावा हुरी चलिरहेको छ । अहिले कोशी र मधेस प्रदेशमा आंशिक बदली भई हावाहुरी चलिरहेको छ । लामिछानेका अनुसार मिचौङ आँधीबाट अहिल्यै आत्तिइहाल्नुपर्ने अवस्था छैन । 

चक्रवातका कारण छिमेकी मुलुक भारतको चेन्नई सहरका धेरै आवासीय क्षेत्रहरू जलमग्न भएका छन् । आँधी र बाढीकै कारण भारतकै सबैभन्दा व्यस्त विमानस्थल चेन्नइको विमानस्थल सोमबार सञ्चालन हुन सकेन । भारतीय समाचार संस्थाहरूले जनाएअनुसार चेन्नईमा ८ जनाको मृत्यु भएको छ । 

१ सय १० किलोमिटर प्रतिघण्टाको रहेको चक्रवातले आन्ध्र प्रदेश र तामिलनाडुका विद्यालय, कलेज, बैंक लगायत सार्वजनिक निकायहरू सोमबारदेखि नै बन्द छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप