आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो शाहरुख खानको ‘डंकी’

बुधबार, ३० जेठ २०८१, १२ : ५८
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । बलिउडका किङ खान शाहरुखको आगामी फिल्म ‘डंकी’को ट्रेलर सार्वजनिक भएको छ । राजकुमार हिरानी निर्देशित फिल्मको ट्रेलरमा फिल्मका केही महत्त्वपूर्ण दृश्य र गीतले प्राथमिकता पाएको छ । 

फिल्म कमेडी जनरामा निर्माण भएको हो । फिल्ममा शाहरुखका अलावा तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, अनिल ग्रोभर लगायतको अभिनय छ ।

हिरानीले नै कथा रहेको फिल्ममा शाहरुखको ‘पठान’ र ‘जवान’ भन्दा भिन्न लुक्स देख्न सकिन्छ । ३ मिनेट २१ सेकेन्डको ट्रेलरले फिल्मको केही कथा समेत बोल्ने प्रयास गरेको छ । 

जियो स्टुडियो, रेड चिल्लीज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्म्सद्वारा निर्मित फिल्मका निर्माता राजकुमार हिरानी र गौरी खान हुन् । फिल्म २१ डिसेम्बर २०२३ मा सार्वजनिक प्रदर्शनमा आउदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप