आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कन्नड स्टार यशको नयाँ फिल्म बन्ला ‘यश १९’ ?

बुधबार, ३० जेठ २०८१, १३ : ०९
बुधबार, ३० जेठ २०८१

नयाँ दिल्ली । केजीएफ च्याप्टर–२ यता कन्नड स्टार यशको कुनै फिल्म आएको छैन । उनका फ्यानहरु यशको नयाँ फिल्म कहिले आउँला भनेर कुरिरहेका छन् । यस अघि यशले आफ्नो जन्मदिनमा फ्यानका लागि नयाँ फिल्मबारे जानकारी दिने आशा गरिएको थियो ।

तर उनले सामाजिक सञ्जालमा फ्यानको नाममा एउटा नोट शेयर गगर्दै आफूलाई पूर्ण विश्वास लागेको अनि आफू प्याशोनेट लागेको चिज लिएर आउन चाहेको भन्दै फ्यानहरुलाई निराश पारिदिए । अब भने यशले आफ्नो नयाँ प्रोजेक्टबारे अपडेट शेयर गरेका छन् ।

सामाजिक सञ्जालमा यशले एउटा फोटो शेयर गरेका छन् । फोटोमा एउटा ठूलो प्रश्न चिह्न छ । नियालेर हेर्ने हो भने प्रश्न अंग्रेजीको अक्षर वाई जस्तो देखिन्छ । यसको तलपट्टी डट जस्तो बनाएर १९ लेखिएको छ । त्यसो भए के यो यशको १९ औं फिल्मसँग जोडिएको छ ? फोटो क्याप्शनमा यशले ‘समय आइसक्यो’ लेखेका छन् । फोटोसँगै यशले मिति र समय पनि शेयर गरेका छन् डिसेम्बर ८, बिहान ९ः५५ बजे भनेर । यसलाई उनको नयाँ फिल्मको अनअफिशियल अनाउन्समेन्टको रुपमा हेरिएको छ ।

के हो यश १९ ?

यशले आफ्नो करियरको १९ औं फिल्मका लागि राष्ट्रिय पुरस्कार विजेता निर्देशक गीतू मोहनदाससँग हात मिलाएको भन्दै केही महिना अघि समाचारहरु आएका थिए । यो फिल्ममा यश विल्कुल फरक अवतारमा देखिने बताइएको छ । यो फिल्ममा भरपूर एक्शन हुने बताइएको छ । फिल्मको शुटिङ डिसेम्बरदेखि शुरु हुने बताइएको थियो ।

रणबीरको रामायणमा पनि देखिँदैछन् यश

यश ‘यश १९’ बाहेक दंगलका निर्देशक नितेश तिवारीको रामायणमा पनि देखिन सक्ने बताइएको छ । रणबीर कपुरले रामको भूमिका निर्वाह गर्न लागेको यो फिल्ममा यश रावणको रुपमा देखिन सक्नेछन् । तर यो फिल्ममा काम गर्ने नगर्नेबारे यशले अन्तिम निर्णय गरिनसकेको बताइएको छ । फिल्ममा साई पल्लवीले सिताको भूमिका निर्वाह गर्ने बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप