आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीय बैंकसँग नेपाल बैंकको आयात निर्यात व्यापार सम्झौता

बुधबार, ३० जेठ २०८१, १३ : २७
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । नेपाल बैंक लिमिटेडले एक्जिम बैंक इन्डियासँग वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतुले ट्रेड असिस्टेन्स प्रोगाम अन्तर्गत सम्झौता गरेको छ । 
नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक भएको जनाइएको छ । 

 नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम, अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको हो ।

दुई संस्थाहरू बीच भएको हस्ताक्षर कार्यक्रममा बैैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले व्यापारिक सम्झौता गर्न पाउँदा खुसी लागेको बताइन् ।  ‘हामी एक्जिम बैंकसँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी छौं र आगामि दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरी बैंकसँगको सहकार्यमा हामी हाम्रा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई टेवा पुग्ने गरी कार्य गर्ने योजनामा छौँ’, उनको भनाइ थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप