आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आगलागीबाट २७ लाख बराबरको धनमाल नष्ट

बुधबार, ३० जेठ २०८१, १३ : ३२
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा आगलागी हुँदा लाखौँको धनमाल क्षति भएको छ । आगलागीबाट इलाममा १७ लाख रुपैयाँ र सुनसरीमा १० लाख रुपैयाँ गरी जम्मा २७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।  

इलामको सूर्योदय नगरपालिका-१० आले बस्ने कमला सुब्बाको घरमा रहेको किराना पसलमा विद्युत् सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा घर, पसलको सामान, भाडावर्तन, लत्ताकपडा र नगद समेत गरी करिब १७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका-६ हटिया लाइनस्थित भारत जोगवनी घर भएको महमत सोनु अन्सारीको कपडा पसलमा विद्युत् सर्ट भई गएराति आगलागी हुँदा पसलमा रहेको सम्पूर्ण कपडा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप