आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माटोलाई शतप्रतिशत शुद्ध बनाउन लाग्नुपर्छ : मन्त्री भुसाल

बुधबार, ३० जेठ २०८१, १३ : ५०
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । माटोलाई शतप्रतिशत शुद्ध बनाउन लाग्नु पर्ने कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले बताएका छन् । दसौँ विश्व माटो दिवस अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली माटोको गुणस्तर खासै नबिग्रिए पनि माटोको गुणस्तरमा ध्यान दिनुपर्ने उनले बताएका हुन् ।

 माटोमा रासायनिक मलभन्दा नदी, खोलामा बगेको मलिलो पानी खेतबारीमा प्रयोग गर्न सके माटो सुधार मात्रै नभई कृषि नै सप्रिने मन्त्री डा. भुसालले दाबी गरे ।

 नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत माटो विज्ञान अनुसन्धान केन्द्रले विभिन्न कार्यक्रम गरी ‘माटो र पानी, जीवनको थालनी’ भन्ने नाराका साथ आज दसौँ माटो दिवस मनाउँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप