आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इमाडोलमा सिटिजन्स बैंकको १९० औँ शाखा

बुधबार, ३० जेठ २०८१, १३ : ५५
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९०औँ शाखा इमाडोलमा सञ्चालनमा ल्याएको छ । इमाडोलमा आज आयोजित एक कार्यक्रमका बिच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जङ्ग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । यससँगै काठमाडौँ उपत्यका भित्र यस बैंकको ३८ वटा शाखाहरू र बागमती प्रदेशमा ५२ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।

नयाँ शाखा सञ्चालनको अवसरमा यस शाखामा खाता खोल्दा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरूको पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५५ र लकर शुल्कमा ५०५ छुट उपलब्ध रहेको छ । यो सुविधाहरू हालसालै खुलेको टेकु शाखामा पनि उपलब्ध रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप