एनआईएमबी बैंकको सहायक म्यानेजरलाई प्रसाईं समर्थकद्वारा दुर्व्यवहार, देवी सङ्ग्रौला पक्राउ
बुधबार, ३० जेठ २०८१, १३ : ५८
झापा । झापास्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी) का सहायक मेनेजर दिनेश पनेरुलाई दुर्गा प्रसाईंका समर्थकले दुर्व्यवहार गरेको आरोप छ । प्रसाईं समर्थक देवी सङ्ग्रौलासहितको समूहले उनलाई दुर्व्यवहार गरेका हुन् ।
ऋणको विषयमा छलफल गर्न भन्दै सङ्ग्रौला सहितको समूहले पनेरुलाई घरबाट चिया पसलमा जबरजस्ती लगेका थिए । त्यहाँबाट दुर्गा प्रसाईंको बीएण्डसी अस्पतालमा लैजान खोज्दा पनेरुले अस्वीकार गरेपछि दुर्व्यवहार गरेको आरोप छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा दुवै पक्षबिच छलफल भइरहेको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बर्ता । प्रहरीले दुर्व्यवहार संलग्न देवी सङ्ग्रौलालाई पक्राउ गरेको छ ।