आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डी गेया न्युक्यासल आउने चर्चा

आइतबार, ०२ असार २०८१, १४ : २३
आइतबार, ०२ असार २०८१

लण्डन । घाइते हुँदै गोलकिपर निक पोप लामो समय मैदानबाहिर रहने भएपछि न्युक्यासल युनाइटेडले म्याचेस्टर युनाइटेडका पूर्वगोलकिपर डेभिड डी गेयालाई भित्र्याउन इच्छा देखाएको छ ।

पोप गत शनिबार म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा लड्दा उनको काँधमा चोट लागेको थियो । उनको चोटको पूर्ण रिपोर्ट आउन बाँकी भए पनि उनले कम्तीमा पाँच महिना गुमाउने बताइएको छ ।

पोप बाँकी सिजन मैदानबाहिर रहने भएपछि न्युक्यासलले डी गेयालाई भित्र्याउने तयारी गरेको समाचार डेली मेलले प्रकाशित गरेको छ ।

युनाइटेडसँगको करार समाप्त भएपछि स्पेनिस गोलकिपरले नयाँ क्लब पाएका छैनन् । केही समयअघि उनलाई क्रिस्टियानो रोनाल्डोको अल–नासर र लियोनेल मेस्सीको इन्टर मियामीले भित्र्याउने इच्छा देखाएको समाचार प्रकाशित भए पनि दुवैतिर कुनै प्रगति हुन सकेको थिएन । अहिले प्रिमियर लिगमा फर्किने चर्चा चलिरहँदा उनलाई स्टीभन जेरार्डको साउदी टोली अल–इत्तेफाकबाट पनि अफर आएको बताइएको छ ।

घाइते हुन अघि पोपले यो सिजन प्रिमियर लिगमा सबैभन्दा बढी क्लिन सिट राख्न सफल भएका थिए । घाइते भएपछि इंग्ल्याण्डको युरो २०२४ को टोलीमा पर्ने उनको चाहनालाई ठुलो धक्का लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप