आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुन, चाँदी र स्रोत नखुलेको रकमसहित काभ्रेबाट भारतीय नागरिक पक्राउ

बुधबार, ३० जेठ २०८१, १५ : ४६
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । अवैध सुन र चाँदीसहित एक भारतीय नागरिकलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्र स्थायी घर भएका ३९ वर्षीय सचिन बिभूते रहेका छन् । 

उनको साथबाट स्रोत नखुलेको रकमसहित विभिन्न सामान पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

सोमबार साँझ बनेपा नगरपालिका वडा नम्बर ७ स्थित सुर्य शाक्यको घरमा डेरा गरी बस्ने उनले अवैध रूपमा ठुलो परिमाणमा सुन तथा चाँदी गाली बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरी पुगेको थियो ।  

जसअनुसार खानतलासीका क्रममा बिल नभएको सुन २३५.९ ग्राम सुन, १९०१.२६ ग्राम चाँदी,  स्रोत नखुलेको पाँच लाख छयत्तर हजार एक सय पैँतिस रुपैयाँ र भारतीय नगद २२ हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

उल्लेखित सामान तथा उक्त कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी थप कारबाहीको लागि राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप