आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीन जना मृत अवस्थामा फेला

बुधबार, ३० जेठ २०८१, १६ : ३७
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका-२१ जैसीदेबल मन्दिर पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन् । 

उता नुवाकोटको विदुर नगरपालिका-९ रामथोक बस्ने ७० वर्षीया पुतली विक आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै पाल्पाको तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा मन्दिर नजिक नालीमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप