आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ, तस्बिरहरू

बुधबार, ३० जेठ २०८१, १६ : ४४
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । एक कार्यक्रमका बिच क्यानले खादा ओढाएर खेलाडीलाई बिदाइ गरेको हो । 

u19 asia cup team (2)

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले खेलाडीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै अब्बल प्रस्तुति दिन शुभकामनासमेत दिए ।  देव खनालको कप्तानीमा नेपाली टोली प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ ।

u19 asia cup team (3)

टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।

प्रतियोगिता आगामी ८ डिसेम्बरदेखि यूएईमा सुरु हुँदैछ । नेपाल समूह ए मा अफगानिस्तान, भारत र पाकिस्तानसँगै रहेको छ ।

u19 asia cup team (1)u19 asia cup team (4)u19 asia cup team (5)u19 asia cup team (6)u19 asia cup team (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप