आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रथम दृष्टिमै एनसेलमा अर्बौँ घोटाला भएको अनुमान गर्न सकिन्छ : महामन्त्री थापा

बुधबार, ३० जेठ २०८१, १६ : ५३
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रथम दृष्टिमै एनसेलमा अर्बौँ घोटाला भएको अनुमान गर्न सकिने बताएका छन् । कांग्रेस ओखलढुङ्गाको सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले एनसेल बिक्री प्रकरणमा कानुनको दुरुपयोग भएको हेर्नुपर्ने बताए ।

कांग्रेस सम्मिलित सरकारले कानुनको दुरुपयोग भएको पाइएमा दण्डित गरिनुपर्ने उनको भनाइ छ । ‘हरेक दिन कुनै न कुनै काण्डबारे सुनिन्छ। केही समयअगाडि सुनको काण्डबारे सुनियो, हिजोआज कुनै पत्रपत्रिका हेर्नुभयो भने एनसेलको अर्बौँ रुपैयाँ घोटालाको काण्ड सुन्नुहुन्छ,’ महामन्त्री थापाले भने, ‘प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौं रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिन्छ।’

यसमा जतिसुकै ठुलो मानिस संलग्न भएको पनि छोड्न नहुने महामन्त्री थापाले जोड दिए । ‘यदि कुनै ठुलै नेताको सम्पत्ति कहीँकतै चोर बाटोबाट लगेर त्यो कालो धन नेपालमा फेरि लगानीको नाममा फर्काउने प्रयास भएको छ भने पनि जो सुकै होस्, त्यसले दण्ड पाउँछ भन्ने विश्वास कांग्रेसले दिलाउन सक्नुपर्छ,’ उनले भने ।

यस्तै उनले अर्थमन्त्रालयका खाता मात्र पल्टाएर नहुने बताए । ‘हाम्रो तथ्याङ्कले केही सकारात्मक संकेत देखाएका छन् । तर हामी गाउँ गाउँमा डुलेर हेर्दा किसानहरूको यति ठुलो रुवाबासी छ । बैंकबाट ऋण लिएर सानो सानो काम गर्न खोजेको छ । त्यसको सबै ऋणमा डुमेको छ,’ उनले भने ।

धेरै मानिसको जग्गा लिलामी हुने अवस्थामा पुगेको महामन्त्री थापाले बताए । ‘कति मानिस सहकारीमा डुबेका छन् । कोरोनापछि काम गर्न खोजेकाहरू डुबेका छन् । यी सबै मानिसले राज्यबाट राहतको आशा गरेका छन्,’ उनी भन्छन्, ‘ म फेरि उड्न चाहन्छु । मेरो निम्ति सरकार आइदिओस् । किन कि सरकारमा कांग्रेस छ । मेरो अभिभावक कांग्रेस भइदिओस्  भन्ने खोजिरहेको छ ।’ कांग्रेस नेतृत्वको सरकारले नागरिकमा भरोसा दिलाउन सक्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप