आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गीतको म्युजिक ट्रयाक अनधिकृत प्रयोग नगर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह

शुक्रबार, ०४ जेठ २०८१, १७ : ५९
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । लोक तथा दोहोरी गीत प्रतिष्ठानले सांगीतिक कार्यक्रमको सिलसिलामा विभिन्न स्रटा, सर्जक, प्रस्तोता तथा उत्पादकहरुको स्वामित्व रहेको बौद्धिक सम्पत्ति गीतको म्युजिक ट्रयाक अनधिकृत रूपमा प्रयोग नगर्न अनुरोध गरेको छ ।

गीतको म्युजिक ट्रयाक अनधिकृत रूपमा व्यावसायिक प्रयोग गरिएको विषयमा सरोकारवाला लगायतबाट जनगुनासो आएकोले प्रतिष्ठानले मंगलबार एक विज्ञप्ति जारी गर्दै सो अनुरोध गरेको हो ।

प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर, महासचिव शिव हमाल,  सचिव घनश्याम रिजालद्धारा हस्ताक्षरित विज्ञप्तिमा गीतको म्युजिक ट्रयाक अनधिकृत रूपमा प्रयोग गरेको, गराएको पाइएमा प्रचलित प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ अनुसार सम्बन्धित अधिकार धनीको माग बमोजिम असुल उपर, जरिवाना, दण्ड सजाय हुने समेत बताइएको छ ।

403434110_902462037928972_828733766343828055_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप