आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१५औँ संस्करणको डि–सिने अवार्ड सुरु

शुक्रबार, ०४ जेठ २०८१, १८ : ५९
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । १५आंै संस्करणको डि–सिने अवार्ड सुरु भएको छ । आयोजक छायाँछवि क्रियसनले मंगलबार एक विज्ञप्ति जारी गर्दै अवार्डको आवेदन खुल्ला भएको जनाएको हो ।

‘हाम्रै कला, हाम्रै संस्कृति, हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत चलचित्रको चाहना’ भन्ने नारासहित विगत १५ वर्षदेखि नियमित आयोजना हुँदै आएको अवार्ड नेपालमा हुने अवार्ड मध्य पुरानो र फरक रहेको आयोजकको दाबी छ । 

अवार्डको यो संस्करणमा २०७९ सालमा रिलिज भएका फिल्महरुले मात्र सहभागी जनाउन सक्नेछन् । आगामी १५ पुससम्म आवेदनको लागि समय तोकिएको छ । 

डिजिटल फिल्म, त्यसका फिल्मकर्मी, स्रष्टा, सर्जक र प्राविधिकलाई प्रोत्साहित गरी गुणस्तरयूक्त फिल्म निर्माणमा अग्रसर गराउने हेतुले अवार्ड नियमित आयोजना हुँदै आएको आयोजक छायाँछवि क्रियसनका अध्यक्ष शान्ति प्रियले बताए ।

अवार्ड आगामी माघमा आयोजना हुने आयोजना हुनेछ । विभिन्न सांगीतिक तामझापका साथ आयोजना हुने अवार्डमा फिल्मकर्मी तथा रंगपत्रकार समेत सम्मानित हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप