आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नारायण गोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

शुक्रबार, ०४ जेठ २०८१, १९ : ३६
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । स्वरसम्राट नारायण गोपालको ३३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

मंगलबार काठमाडौँमा पनि एक कार्यक्रमबिच नारायण गोपालको ३३ औँ स्मृति दिवस मनाइएको हो । 

स्मृति दिवसका अवसरमा नारायण गोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार यस वर्ष ‘स्वरकिन्नरी’ तारादेवी (मरणोपरान्त) र वाङ्मयसेवी गणेश रसिकलाई प्रदान गरेको छ । 

विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ । स्मृति सभामा विभिन्न कलाकारहरुले नारायण गोपालका कालजयी गीतहरु प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप