आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्कुटर चोरीको आरोपमा एक जना पक्राउ

शुक्रबार, ०४ जेठ २०८१, २० : २४
शुक्रबार, ०४ जेठ २०८१

बुटवल । रुपन्देहीमा स्कुटर चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं.२ बस्ने २६ वर्षीय खिरी नारायण थारु रहेका छन् । 

थारुले रुपन्देही शुद्धोधन गाउँपालिका वडा नं २ कलुवा स्थित कृष्ण बहादुर खत्रीको घरमा पार्किङ गरी राखेको लु४२प ५९५२ नम्बरको स्कुटर चोरेको प्रहरीले जनाएको छ ।  

मंगलबार चोरी गरी रुपन्देही देवदह नगरपालिका ५ खैरेनीबाट नवलपरासीतर्फ लैजाँदै गर्दा स्कुटरसहित चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

थारुविरुद्ध चोरी सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप