आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन प्रकरण

न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, १ जना पक्राउ

सोमबार, ३१ वैशाख २०८१, १० : ००
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ओमपर्ल गोल्ड शपमा छापा मारेर एक जनालाई पक्राउ गरेको छ ।

कारखाना सञ्चालक नागर्जुन बस्दै आएका कैलालीका पदम पाण्डेलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

प्रहरीले कारखानाबाट सुन पनि बरामद गरेको छ । सुनको परिमाण प्रहरीले सार्वजनिक गरेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप