आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

अपडेट : न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद

सोमबार, ३१ वैशाख २०८१, ११ : १३
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । राजधानीको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको छ । 

उनको न्यूरोडस्थित ‘ओमपर्ल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा सो परिमाणमा अवैध सुन बरामद भएको हो । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको बताए । प्रहरी स्रोतका अनुसार अनुमानित ७ किलो सुन प्रक्रिया पुर्‍याएर जोख्ने काम सकिएपछि एकिन परिमाण आउनेछ । 

प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ । सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप