आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रास्वपाले बोलायो सचिवालय बैठक

सोमबार, ३१ वैशाख २०८१, १२ : ०५
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । बुधवार अपराह्न पाँच बजे पार्टी कार्यालय वनस्थलीमा बैठक बोलाइएको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार सचिवालय बैठकअघि यही मङ्सिर दोस्रो साता महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएकाहरूको ४ बजे शपथ ग्रहणको कार्यक्रम छ ।

शपथ ग्रहण कार्यक्रमपछि पाँच बजे बस्ने बैठकले प्रवास नेपाली सम्पर्क विभागको कार्यविधि पास गर्ने एजेन्डा छ । यस्तै सभापति रवि लामिछानेले आफ्नो मलेसिया भ्रमणबारे बैठकमा ब्रिफिङ गर्ने अर्यालले बताए । बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुने उनको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप