आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको स्वीकारोक्ति– एक वर्षमा सरकारले जनता सन्तुष्ट हुने परिणाम दिन सकेन

आइतबार, ०६ जेठ २०८१, १३ : १३
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गठन भएको एक वर्ष पुग्न लाग्दा सरकारले सुशासन, प्रशासन र अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित रहेको तर परिणाम जनता सन्तुष्ट हुने ठाउँमा नपुगेको स्वीकारेका छन् । बुधवार राजधानीमा भएको नेपालको अर्थतन्त्र र शासकीय सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कमजोरी स्वीकार गरेका हुन् ।

‘सरकार गठन भएको एक वर्ष पुग्न लागेको छ । सुशासन, प्रशासन र अर्थतन्त्र सुधारमा सरकारले सुरुदेखि नै लागिपरेको छ । तर परिणाम जनता सन्तुष्ट हुने  ठाउँमा पुगेको छैन । अर्थतन्त्रले अबचाहिँ लय पक्रियो भन्ने ठाउँमा पुगेकै छैन’, उनले भने, ‘यद्यपि हामी धेरै आत्तिन पर्ने ठाउँमा छैन । हाम्रो स्थिति सुधार गर्नुपर्ने ठाउँमै छ र सुधारोन्मुख नै छ । तर अर्थतन्त्र दबाबमुक्त भइसेको छैन ।’

सरकारले सेवा प्रवाह जनताको तहसम्म पुर्याउन नसकेको स्वीकार गरेका छन् । साथै उनले आफूले जनतामा नयाँ भरोसा, राष्ट्रको इज्जत जोगाउने जमर्को गरेको बताए । अब यसको सुधारका लागि पोलिसि र ऐन बनाएर नयाँ सुधार गरी जनतालाई भरोसा दिलाउने प्रतिबद्धता जनाए । यस्तै उनले वर्तमान र पूर्व पदाधिकारी लिएर कङ्क्रिट योजना दिन आग्रह गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप