अर्थ समिति बैठक
कार्तिकमा व्यापार घाटा र आयात दुवै घट्यो
आइतबार, ०६ जेठ २०८१, १३ : ३०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको जानकारी दिएको छ । लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले घटेको बैंकले जानकारी दिएको हो ।
प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा पेस गरिएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा संक्षिप्त नोटमा व्यापार घाटा पनि ३.३ प्रतिशतले घटेको बताइएको छ । २०८० असोजसम्म विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेका कारण चालु खाता रु. ५९ अर्बले बचतमा रहेको छ ।
यसका साथै गत वर्षको तुलनामा विदेशी लगानीको आप्रवाह पनि बढेकोले शोधानान्तर बचत पनि २०८० असोजसम्म रु ९९ अर्ब कायम हुन गएको छ । २०७९ असोजसम्म रु ८ करोड जति विदेशी लगानी आएकोमा चालु आर्थिक वर्षको असोजसम्म रु. ३ अर्ब ३८ करोड प्राप्त भएको बैंकको भनाई छ ।