आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो फोटोले  बबीले पाएका थिए एनिमलमा अवसर

आइतबार, ०६ जेठ २०८१, १४ : ००
आइतबार, ०६ जेठ २०८१

काठमाडौं । बलिउड अभिनेता बबी देवलले सन् २०१८ मा सलमान खानसँग रेस थ्रीबाट आफ्नो कमब्याक गरिसकेका थिए । त्यसयता लभ होष्टल, आश्रम र हाउसफूल ४ बाट पनि उनले बलिउडमा आफ्नो पुनरागमन प्रमाणित गरिसकेका छन् ।

तर एनिमलले जत्तिकै उनको फ्यानहरूमा प्रभाव अरूले पार्न सकेन । संदिप वांगा रेड्डीको एनिमलमा खलनायकको भूमिकाले बबीको फिल्मी करियरलाई अर्को उचाइ दिएको छ । यो फिल्ममा भिलेनको भूमिका बबीले कसरी पाएका थिए ? यसको कहानी रोचक छ ।

बबी देओलले सेलिब्रेटी क्रिकेट लिगमा खेल्दाताकाको एउटा फोटो हेरेर संदिपले बबीलाई सो भूमिका दिएका थिए । संदिपले बबीलाई त्यो फोटो देखाएर ‘फोटोमा तिम्रो जुन एक्सप्रेसन छ–मलाई यस्तै चाहिन्छ’ भनेका थिए ।

एनिमलमा रणबीर कपुर र बबी देओल दुबैलाई खुंखार देखाइएको छ । रणवीरको अभिनयको जति तारिफ भइरहेको छ त्यति नै बबी देओलको पनि भइरहेको छ । थोरै मात्रै सिन अनि एउटै डाइलग नहुँदा पनि बबीले निकै तारिफ पाइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप