आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२०२३ मा फ्लप बने यी सुपरस्टार

आइतबार, ०६ जेठ २०८१, १४ : ३३
आइतबार, ०६ जेठ २०८१

नयाँ दिल्ली । फिल्म उद्योग यस्तो क्षेत्र हो जहाँ सधैँ सुपरहिट रहिरहन जो कोहीलाई गाह्रै हुन्छ । कुनै बेला केही स्टार्सको नाम नै फिल्म चलाउन काफी हुन्छ । 

कहिले ती नामको जादु चल्दै चल्दैन । यो वर्ष फ्लप रहेका केही सुपरस्टार्सहरुको कुरा गरौँ ।

यो वर्ष अजय देवगनको बहुप्रतिक्षित फिल्म भोला थियटरमा आएको थियो । तर यो फिल्मले हलसम्म दर्शकहरुलाई तान्न सकेन । फिल्म फ्लप भयो । आदिपुरुषमा दक्षिण भारतीय सुपरस्टार प्रभास भगवान् रामको भूमिकामा थिए । तर यो फिल्म यति धेरै विवादमा तानियो । फिल्म नराम्ररी फ्लप पनि बन्यो यसले प्रभासको करियरको ग्राफ नै ओरालो लगाइदियो ।

परिणीति चोपडाको फिल्म मिशन रानीगञ्जले पनि दर्शकहरुलाई हलसम्म तान्न सकेन । टाइगर श्रफको गाणपत बक्स अफिसमा नराम्ररी फेल भयो । अक्षय कुमारको मिशन रानीगंज र सेल्फी दुबै फिल्म फ्लप रहे । यो वर्ष अक्षय कुमारले खासै जादु देखाउन सकेनन् । कंगना रनौतको तेजसले एक पटक फेरि उनलाई फ्लपको लिष्टमा समावेश गरिदियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप