आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

त्रिविको दीक्षान्त समारोह रोक्ने कर्मचारीको चेतावनीप्रति अखिल क्रान्तिकारीको आपत्ति

आइतबार, ०६ जेठ २०८१, १५ : ४२
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका दीक्षान्त समारोह रोक्ने चेतावनी दिने कर्मचारीप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ। त्रिविले पुस २ गते दीक्षान्त समारोह गर्दै छ । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिले आफ्ना मागहरू सम्बोधन नगरिए दीक्षान्त समारोह रोक्ने चेतावनी दिएको छ। उक्त कदमप्रति अखिल कान्तिकारीले आपत्ति जनाएको हो। 

अखिल क्रान्तिकारी त्रिवि जिल्ला अध्यक्ष प्रदीप भट्टले विज्ञप्ति जारी गर्दै उक्त कदम तत्काल रोक्न माग गरे। 

विश्वविद्यालय विद्यार्थी, प्राध्यापक, कर्मचारी वर्गको साझा शैक्षिक थलो भएको भन्दै अध्यक्ष भट्टले ६४ वर्षको इतिहास बोकेको विश्वविद्यालय आज दिन प्रतिदिन कमजोर बन्दै गइरहेको बताए । 

शैक्षिक कार्यक्रमहरू बन्द हुने अवस्थामा पुगेको र विद्यार्थीहरूको चाख प्रतिदिन घट्दै गइरहेको उनको भनाइ छ।

 बिग्रेको विश्वविद्यालय बनाउने कुरा गर्नुको साटो विद्यार्थीहरूले दुःख पसिना बगाएर कमाएको भविष्य निर्माण गर्ने औपचारिक प्रमाणपत्र वितरण गर्ने कार्यक्रम दीक्षान्त समारोह रोक्ने प्रयास नगर्न चेतावनी दिएको हो। 

कर्मचारी भएर कर्मचारीको काम, कर्तव्य, अधिकार प्रति बफादार भएर काम कारबाही गर्न खबरदारी गरेको छ । विद्यार्थीहरूको भविष्यसँग खेलबाड गर्ने कुचेष्टा गरे अखिल कान्तिकारीले त्यसको डटेर प्रतिकार गर्ने चेतावनी दिएको छ।  

काम नगर्ने कर्मचारीहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्न समेत आग्रह गरेको छ।

IMG-20231206-WA0001

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप