आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विराटनगर आगलागी

विराटनगर आगलागी : १ जनाको मृत्यु (अपडेट)

आइतबार, ०६ जेठ २०८१, १५ : ५९
आइतबार, ०६ जेठ २०८१

विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचार गराइरहेका चार जनामध्ये विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो ।

न्युरोमा उपचार गराइरहेका अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनीहरुको शरिरमा ८० प्रतिशतभन्दा धेरै जलेको अस्पताललाई उदृत गर्दै प्रहरीले जनएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप