आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘सी’ डिभिजन लिग फागुन १५ गतेदेखि

आइतबार, ०६ जेठ २०८१, १६ : ०५
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुन १५ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘सी’ डिभिजन क्लबका प्रतिनिधिले यस्तो सहमति गरेका हुन् । 

एन्फा र ‘सी’ डिभिजनका प्रतिनिधिबिच बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ‘सी’ डिभिजन लिग सञ्चालन गर्ने विषयमा वार्ता भएको थियो । सोही वार्ताबाट फागुन १५ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने सहमति जुटेको हो । 

आगामी ‘सी’ डिभिजन लिग सिंगल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ । छलफलमा १३ वटा ‘सी’ डिभिजन क्लबका प्रतिनिधिको उपस्थित रहेको थियो । छलफलमा एन्फाको तर्फबाट महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी, प्रवक्ता सुरेश शाहलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा सहभागी हुने ‘सी’ डिभिजन क्लबलाई एन्फाले तयारी खर्चवापतको बाँकी रकम पनि भुक्तानी गर्ने सहमति भएको छ । क्लबहरुले तयारी खर्चवापत नौमध्ये चार लाख ५० हजार रुपैयाँ भुक्तानी लिन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप