केपी ओली कप क्रिकेटको उपाधि जित्ने खेलाडीलाई सम्मान
पाँच लाख प्रदान गर्ने मुख्यमन्त्रीको घोषणा
आइतबार, ०६ जेठ २०८१, १६ : ०९
जनकपुरधाम । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको मधेस प्रदेश टिमका खेलाडी एवं पदाधिकारीहरुलाई मुख्यमन्त्री सरोजकुमार यादवले सम्मान गरेका छन् ।
मुख्यमन्त्री यादवले बुधबार खेलाडी एवं पदाधिकारीहरुलाई सम्मान गरेका हुन् ।
सो अवसरमा उनले प्रदेशका खेलाडीहरुलाई सुविधा दिएर हरेक जिल्लामा खेलकुदको पूर्वाधार विकास गरिने बताए ।
मुख्यमन्त्री यादवले विजयी टिमलाई प्रोत्साहनस्वरूप पाँच लाख प्रदान गरिने घोषणा पनि गरे ।
मुख्यमन्त्री यादव, प्रदेशसभा सदस्य रामाशीष यादव र प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले खेलाडी, प्रशिक्षक एवं पदाधिकारीहरुलाई सम्मान गरेका थिए ।
पोखरामा मंसिर १५ गते भएको फाइनल खेलमा मधेस प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेको थियो ।