आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेत्रहिन क्रिकेट प्रतियोगितामा काठमाडौँ च्याम्पियन

आइतबार, ०६ जेठ २०८१, १६ : २४
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । ३२औँ अपाङ्गता दिवशको अवसरमा नेत्रहिन क्रिकेट संघले आयोजना गरेको नेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वागमती प्रदेशको काठमाडौले जितेको छ । काठमाडौँले बुधवार भएको फाइनल खेलमा कास्कीलाई आठ विकेटले हराउँदै उपाधि चुमेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५४ रन बनाएको थियो । कास्कीका लागि सुनिल रानामगरले सर्वाधिक ५३ रन बनाएका थिए । काठमाडौँका बलर किरण चलाउनेले दुई तथा निश्चल शिवाकोटी, भुपराज पाठक र सुजन श्रेष्ठले एकरएक विकेट हात पारेका थिए । 

जवाफी ब्याटिङमा ओर्लिएको काठमाडौँले १५‍.५ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । काठमाडौँका लागि भुपराज पाठकले सर्वाधिक ४१ रन बनाएका थिए । कास्कीका बलर युवराज भण्डारीले दुई विकेट लिए । काठमाडौँका भुपराज पाठक प्लेयर अफ दी म्याच घोषित भए ।

मंसिर १७ गते मुलपानी क्रिकेट मैदानमा सुरु भएको प्रतियोगितामा बागमती काठमाडौँ, कास्की, म्याग्दी, सिन्धुपाल्चोक र राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलीको सहभागिता रहेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विजेता टोली र खेलाडीलाई पुरस्कार वितरण गरे । 

प्रतियोगितामा पहिलो हुने टोलीले ३० हजार र उपविजेता टोलीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । सुनिल रानामगर प्रतियोगिताको प्लोयर अफ दी सिरिज घोषित भए । पुरस्कार वितरण समारोहमा नेत्रहिन क्रिकेट संघ नेपालका अध्यक्ष पवन धिमिरोले राज्यले समावेशी खेलकुदलाई पक्षपात गरेको धारणा ब्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप