आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबिच साझेदारी पत्रमा हस्ताक्षर

आइतबार, ०६ जेठ २०८१, १६ : ३४
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिम्याट) बिच साझेदारी पत्रमा हस्ताक्षर भएको छ । 

बुधवार सिंहदरबारमा नेपालमा कृषि क्षेत्रको उत्पादन वृद्धि र व्यवस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्नेबारे एक दशक लामो समझदारी पत्रमा हस्ताक्षर भएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्मा र सिम्याटका तर्फबाट ब्राम गोभाट्सले मन्त्रालयमा हस्ताक्षर गरे । 

यसले कृषि विज्ञानको अभिवृद्धि र नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पु¥याउने बताइएको छ । समझदारीले कृषि क्षेत्रको अनुसन्धान, ज्ञान आदानप्रदान र नवीन प्रविधिको प्रयोगमार्फत नेपालका कृषकहरूले सामना गरिरहेका विभिन्न चुनौतीलाई सम्बोधन गर्ने साझेदारी पत्रमा उल्लेख छ । 

यो समझदारीले लामो समयदेखिको यी निकायहरूको सम्बन्धलाई थप सुदृढ र बिस्तार गर्ने विश्वास लिइएको छ । समझदारीले नेपालको कृषि विकास रणनीति (सन् २०१५–२०३५) मा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप