आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एलपीएल क्रिकेट : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लवको जित

आइतबार, ०६ जेठ २०८१, १७ : १५
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन बुधबार सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुललाई ४१ रनले पराजित ग¥यो । घोडाघोडीले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले १६.५ ओभरमा अलआउट हुनुअघि ८६ रनमात्र बनाउन सक्यो ।

लिटल फ्लावरको लागि मनिष थापाले सर्वाधिक १७ रन बनाए । कृष्ण कार्कीले १५ तथा प्रतिक श्रेष्ठ र कौशल रुपाखेतीले समान ११—११ रन जोडे । घोडाघोडीका बायाँहाते स्पिनर अशोक धामी एक्लैले पाँच विकेट लिए । प्लेयर अफ दी म्याच घोषित उनले चार ओभरमा १८ रन खर्चिएका थिए । नरेश सुनारले दुई र नवयुग बस्नेतले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको घोडाघोडी क्रिकेट एकेडेमीले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनाएको थियो । घोडाघोडीका लागि नरेश सुनारले सर्वाधिक ३४ रन बनाए । बिपिन विक्रम शाहीले २४ र कृष कार्कीले २२ रन जोडे । लिटल फ्लावर स्कुलका दिनेश अधिकारीले चार विकेट लिए । उनले ३.५ ओभरमा १७ रन खर्चिएका थिए । कप्तान कृष्ण कार्कीले तीन, कौशल रुपाखेतीले दुई र बिपिन खत्रीले एक विकेट लिए ।

दोश्रो खेलमा कैलाली जिल्ला क्रिकेट क्लबले खप्तड इन्डोर स्पोर्टस ट्रेनिङ सेन्टरलाई ३४ रनले पराजित गर्यो । कैलालीले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको खप्तडले १७.४ ओभरमा अलआउट हुनुअघि एक सय पाँच रनमात्र बनाउन सक्यो । खप्तडको लागि प्रकाश पाण्डेले सर्वाधिक २६, अभिषेक थापाले २० र अरुण रानाले १२ रन बनाए । कैलालीका बलर नरेन साउदले चार विकेट लिए । उनले तीन ओभरमा १५ रन खर्चिए । दिपक टमाटाले दुई तथा शेर मल्ल, दिपक रोकाया, डबल ऐर र राहुल केसीले एक—एक विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको कैलाली जिल्ला क्रिकेट क्लबले २० ओभरमा सात विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । कैलालीको लागि ओपनर डबल ऐरले अर्धशतकीय योगदान दिने क्रममा अविजित ५४ रन बनाए । प्लेयर अफ दी म्याचसमेत घोषित भएका ऐरले ५२ बलमा दुई छक्का र चार चौका प्रहार गरे ।

शुदांशु रावलले १९ रन बनाए । हृदय बिठारी, दिपक टमाटा र नरेन साउदले समान १०—१० रन जोडेका थिए । खप्तडका बलर अरुण रानाले तीन तथा रवी विस्ट र नगेन्द्र उपाध्यायले दुई÷दुई विकेट हात पारेका थिए । प्रतियोगिताअन्तर्गत बिहीबार पनि दुई खेल हुनेछन् । पहिलो खेल विहान ९ बजे युथ अफ टिकापुर र शारदा सेकेण्डरी स्कुलबिच तथा दोश्रो खेल दिउँसो १ बजे सत्यवती एकेडेमी र जेएस स्पोर्ट्स–११ सुपर स्टार्सबिच हुनेछ ।

लिटल फ्लावर स्पोर्टस क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो । प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टोलीको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप