आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सात किलो सुनका कारोबारी हुण्डी कारोबारमा पनि संलग्न

आइतबार, ०६ जेठ २०८१, १८ : ०७
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । सात किलो सुनका कारोबारी हुण्डी कारोबारमा पनि संलग्न रहेको पुष्टि भएको छ । अवैध रुपमा सुनको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका कैलालीको लम्कीचुहा नगरपालिका–७ का पदमप्रसाद पाण्डे हुण्डी कारोबारी पनि रहेको प्रहरीले पुष्टि गरेको हो ।

प्रहरीले काठमाडौँ महानगरपालिका–२२ स्थित न्यूरोडमा सञ्चालित दुईवटा सुन पसलमा छापा मारेर उनको साथबाट प्रहरीले ७ किलो ८ सय ग्राम सुन बरामद गरेको थियो । न्यूरोडमा सञ्चालित ‘ओम पर्ल गोल्ड प्रा.लि’ र  ‘कैलाश ज्वेलर्स प्रा.लि’ का सञ्चालक कैलालीको लम्कीचुहा नगरपालिका–७ का पाण्डेलाई अवैध सुन तथा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको हो । 

बिल बिनाको सुनका गरगहनाहरु बिक्री वितरण  तथा गैरकानुनी रूपमा हुण्डीमार्फत वित्तिय कारोबार गरेको आरोप उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनलाई नेपाल राष्ट्र बैक अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप