आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रातको समयमा चोरी गरेको आरोपमा तीन जना पक्राउ

आइतबार, ०६ जेठ २०८१, १८ : १६
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । रातको समयमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । 

१३ लाख ५० हजार बराबरको धनमाल चोरी गरेको आरोपमा तीन जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा भारतको मुरातपुरका २१ वर्षीय कृष्ण पोदार, राजापुरका १९ वर्षीय फ्रुटी भन्ने किसन गिरी र काठमाडौँका ३० वर्षीय बिक्रम गर्तौला रहेका छन् । 

उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त गौशला पठाइएको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप