आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नवराज विकलगायतको सम्झनामा दीप प्रज्वलन, तस्बिरहरु

नवराज विकलगायतको सम्झनामा दीप प्रज्वलन, तस्बिरहरु

आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । जात व्यवस्था उन्मुलन मोर्चा नेपालले नवराज बिक लगायतको सम्झनामा शान्तीबाटिकामा दीप प्रज्वलन गरेको छ । मोर्चाले अदालतको फैसलाको स्वागत र मृतकको आत्माको शान्तिको कामना गर्दै द्वीप प्रज्वलन गरेको हो ।

रुकुम जिल्ला अदालतले मंगलबार सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २४ जनालाई जन्मकैदको फैसला सुनाइएको थियो ।  २०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विकसहित ६ जना किशोर तथा युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज बिक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनालाई मुद्दा चलाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया