आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘दुई कदम’को ट्रेलरमा इओन र सिमोनको प्रेममा उतार चढाव

आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरमा एक जोडी प्रेमीप्रेमीकाको प्रेममा आउने उतार–चढाव र लिम्बु संस्कार देखाउन खोजिएको छ । ट्रेलर हेर्दा इओन लिम्बु र सिमोन गिरी फिल्म भित्र प्रेमी प्रेमीकाको रुपमा रहेको अनुमान लगाउन सकिन्छ ।

फिल्ममा इओन र सिमोनका अलावा गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा लगायत कलाकारको अभिनय छ । 

विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाको भने फिल्मको एक गीतमा अभिनय छ । अजम्बरी फिल्मस्को ब्यानरमा बनेको फिल्ममा तारा देवी लिम्बुको लगानी छ ।

पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा छायांकन भएको फिल्ममा विक्रम डिसीको छायांकन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ । 

२९ मंसिरबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया