आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आलु र प्याजमा भ्याट : व्यवसायीद्वारा कारोबार ठप्प

बिहीबार, ३१ जेठ २०८१, १९ : ४६
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । आलु र प्याजमा लगाएको भ्याट (मूल्य अभिवृद्धि कर) को विरोध गर्दै व्यवसायीले बुधबारदेखि आलु र प्याजको आपूर्ति र कारोबार दुवै बन्द गरेका छन् । आन्तरिक राजस्व विभागले स्वदेशमा उत्पादन भएर बजारमा जाने आलु र प्याजमा भ्याट फिर्ता लिनुपर्ने माग गर्दै व्यवसायीले आलु र प्याजको आपूर्ति तथा कारोबार बन्द गरेका हुन् । 

किसान र व्यवसायीले सरकारले स्वदेशी कृषि उपजमासमेत भ्याट लगाएको आरोप लगाउँदै बुधबारदेखि उपत्यकासहित देशभरका ठूला तरकारी बजारमा आलु र प्याजको आपूर्ति ठप्प पारेर बिक्री वितरणमा रोक लगाएको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत खतिवडाले जानकारी दिए । आलु र प्याजको कारोबारमा अरुले रोक नलगाएर व्यवसायी आफैले नै कारोबार बन्द गरेको आलु प्याज व्यवसायी महासंघका महासचिव प्रकाश गजुरेलले बताए ।

आन्तरिक राजस्व विभागको अनुगमन टोलीले नियमन गर्ने क्रममा स्वदेशमा उत्पादन भएको आलु र प्याजको हकमा पनि भ्याट बिल खोज्न थालेपछि स्वस्फूर्तरुपमा किसान र व्यवसायी संयुक्त रुपमा आलु प्याजको आपूर्ति र कारोबार ठप्प गरेको आलु प्याज व्यवसायी महासंघका महासचिव प्रकाश गजुरेलले बताए । 

सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता नगर्दासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीले बताएका छन् । सरकारले आर्थिक विधेयक–२०८० मार्फत भारतीय उत्पादनलाई निरुत्साहित गर्न आलु र प्याज (सुकेको बाहेक) मा १३ प्रतिशत भ्याट लगाएको थियो । सो असर नेपाली उत्पादनमा परेको भन्दै व्यवसायीले आलु र प्याजको कारोबार ठप्प गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप